News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाले केन्द्र र स्थान चुनावबाट टुंगायो

बासुदेब गिरी प्युठान,२२ मंसिर
११६४ पटक
प्युठान,२२ मंसिर

झिमरुक गाउँपालिकाको भवन निमार्णको केन्द्र र स्थान चुनावद्धारा भ्यागुतेमा टुङ्गएको छ । लामो समयदेखी केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चलेपनि टुगो लाग्न सकोको थिएन । त्यसैको लागि चलेको यस गाउँपालिकामा शनिवार विशेष गाउँसभाले मतदानबाट स्थान र केन्द्र दुई तिहाई बहुमतले पारित गरेको हो । भ्यागुतेलाई टुङ्गाएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिकाको केन्द्र भ्यागुते र पिडाल्नेमा राख्ने भनिएपछि चुनाव गरिएको थियो । गाउँसभाका ४२ जना सदस्य मध्ये भ्यागुतेको पक्षमा २८ मत, पिडाल्नेको पक्षमा ४ मत र तथष्टमा ९ मत परेको गाउँपालिकाका प्राविधिक बासुदेब गिरीले जानकारी दिए ।
झिमरुक गाउँपालिका– ४ भ्यागुते भन्ने स्थानमा नेपाल सरकारको डिजाईन अनुसार भवन बन्ने प्राविधिक गिरीले बताए । उक्त स्थानमा भवन निमार्णका लागि जग्गाको स्वीकृत समेत भएको छ । यस क्षेत्रका विभिन्न व्यक्तिहरुले ९ रोपनी ८ आना जग्गा प्रदान गरेका छन् । भवन निमार्ण हुने चर्चा चलिसकेपछि प्राविधिक समुहले उक्त स्थानलाई उपयुक्त मानेको समेत गिरीले बताए । हाँल गाउँपालिकाको काम झिमरुक गाउँपालिका–५ मच्छीबाट सञ्चालन भएको छ ।
यसैविच झिमरुक गाउँपालिका –३ को वडा केन्द्र र जग्गाको छनोटका लागि शनिवार बसेको सभामा प्रस्तुत गरिएको थियो । सभाले उक्त प्रस्तावलाई अस्विकार गरेको छ । केन्द्र र जग्गाको विषयमा २६ सदस्य मात्रै पक्षमा भएपछि बहुमत नपुगेको भन्दै प्रस्ताव रोकीएको गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...