News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण

बिबश जि.एम२०८० चैत्र ३
५८२ पटक
२०८० चैत्र ३

लायन्स क्लब अफ भित्रिकोट प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । शनिबार विहान अस्पतालको प्राङ्गणमा एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्यूठानका संघिय सांसद सूर्य थापा थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सूर्य थापाले अस्पतालमा प्राप्त भएको उपकरणले सेवा प्रवाहमा थप सहयोग पुगेको बताए । थापाले उपकरण, दक्षजनशक्ति हुने तर आवश्यक परेको समयमा बिरामीले सेवा नपाउने स्थिति आउन नदिन अस्पताल प्रशासन, अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् । साथै जिल्ला अस्पतालमा विद्युत प्रयाप्त मात्रामा नहुँदा अस्पतालले ठूलो रकम खर्च गरिरहेको बताउँदै यसको लागि विद्युत प्राधिकरण सँग आफु छलफल गरिरहेको जानकारी गराए । अस्पताल जस्तो संवेदनशील संस्थामा स्थानीय तहले समन्वय गर्न जरुरी रहेको उनको भनाई छ । सांसद थापाले यसै कार्यक्रमको अवसर पारी अन्य मेसिनहरुको समेत अवलोकन गरेका थिए ।

लायन्स क्लब अफ भित्रिकोट प्यूठानका अध्यक्ष खिम प्रसाद पार्धेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष, स्वास्थ्यकर्मीहरु, राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, लायन्स क्लबका सदस्यहरु लगायतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ भित्रिकोटका सचिव राम प्रसाद पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...