News Portal

रेडियो सुन्नुहोस्

प्यूठान अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण

बिबश जि.एम२०८० चैत्र ३
८३६ पटक
२०८० चैत्र ३

लायन्स क्लब अफ भित्रिकोट प्यूठानले जिल्ला अस्पताल प्यूठानलाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेको छ । शनिबार विहान अस्पतालको प्राङ्गणमा एक कार्यक्रमका बीच उपकरण हस्तान्तरण गरेको हो ।

उपकरण हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्यूठानका संघिय सांसद सूर्य थापा थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सूर्य थापाले अस्पतालमा प्राप्त भएको उपकरणले सेवा प्रवाहमा थप सहयोग पुगेको बताए । थापाले उपकरण, दक्षजनशक्ति हुने तर आवश्यक परेको समयमा बिरामीले सेवा नपाउने स्थिति आउन नदिन अस्पताल प्रशासन, अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् । साथै जिल्ला अस्पतालमा विद्युत प्रयाप्त मात्रामा नहुँदा अस्पतालले ठूलो रकम खर्च गरिरहेको बताउँदै यसको लागि विद्युत प्राधिकरण सँग आफु छलफल गरिरहेको जानकारी गराए । अस्पताल जस्तो संवेदनशील संस्थामा स्थानीय तहले समन्वय गर्न जरुरी रहेको उनको भनाई छ । सांसद थापाले यसै कार्यक्रमको अवसर पारी अन्य मेसिनहरुको समेत अवलोकन गरेका थिए ।

लायन्स क्लब अफ भित्रिकोट प्यूठानका अध्यक्ष खिम प्रसाद पार्धेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष, स्वास्थ्यकर्मीहरु, राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष, लायन्स क्लबका सदस्यहरु लगायतको सहभागिता थियो । कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ भित्रिकोटका सचिव राम प्रसाद पोख्रेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...