News Portal

रेडियो सुन्नुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

बिबश जि.एम२०८० चैत १६
८५ पटक
२०८० चैत १६

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले जुम्रीबाट प्रभातफेरी गरेर दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेलले पत्रकारका मुद्धा लिएर अघि नबढेसम्म श्रमजीबि पत्रकारहरुको समस्या समाधान गर्न नसकिने बताए । त्यसका लागि सम्वद्ध पत्रकारहरु नै जागरुक हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका संस्थापक उपाध्यक्ष मेगराज भट्टले पत्रकार महासंघलाई स्वच्छ, निर्भिक, निडर, निश्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । संस्थालाई जीवन्त राख्न संस्थागत विकासको जरुरी रहेको बताउँदै सबै पत्रकार उत्तिकै जिम्मेवार भएर लाग्न आग्रह गरे । यद्यपी पत्रकारका हाँगाहरु राजनीतिको भातृसंगठन भएपनि पत्रकारको लागि खेल्नुपर्ने भूमिकामा अटल भएर अघि बढ्न पनि उनले अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...