News Portal

रेडियो सुन्नुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

बिबश जि.एम२०८० चैत १६
७२२ पटक
२०८० चैत १६

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले जुम्रीबाट प्रभातफेरी गरेर दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुशिल पोख्रेलले पत्रकारका मुद्धा लिएर अघि नबढेसम्म श्रमजीबि पत्रकारहरुको समस्या समाधान गर्न नसकिने बताए । त्यसका लागि सम्वद्ध पत्रकारहरु नै जागरुक हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका संस्थापक उपाध्यक्ष मेगराज भट्टले पत्रकार महासंघलाई स्वच्छ, निर्भिक, निडर, निश्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए । संस्थालाई जीवन्त राख्न संस्थागत विकासको जरुरी रहेको बताउँदै सबै पत्रकार उत्तिकै जिम्मेवार भएर लाग्न आग्रह गरे । यद्यपी पत्रकारका हाँगाहरु राजनीतिको भातृसंगठन भएपनि पत्रकारको लागि खेल्नुपर्ने भूमिकामा अटल भएर अघि बढ्न पनि उनले अनुरोध गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...