News Portal

रेडियो सुन्नुहोस्

६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

बिबश जि.एम२०८० चैत २०
५४७ पटक
२०८० चैत २०

६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईएको छ । मंगलबार विहान जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा जिल्लामा भएका सबै सहकारीहरु एकै ठाउँमा सहभागि भई जुम्रीबाट बिजुवारसम्म प्रभातफेरी गरेर दिवस मनाएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले अब सहकारीहरु मर्ज गरेर प्रविधियुक्त बनाउने बताएका छन् । प्रविधिको युग आएको भन्दै सहकारीमा आबद्ध सबै सहकारीकर्मीलाई एकताबद्ध गर्नको लागि प्रविधियुक्त बनाउन आवश्यक रहेको बताए । साथै उनले सहकारीले आफ्नो नीति नियम र मुल्यमान्यतामा टेकेर अगाडी बढेको समेत दाबी गरे ।

बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश बैद्यले आजको यो दिनसम्म आईपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै सहकारीले उल्लेखनीय काम गर्दै आएको बताएका छन् । यो दिवस केबल दिवसमा मात्र कार्यक्रम गरी मनाउने संस्था नभएर देशमा भईरहेको विकृति विसंगतीहरुलाई चिर्दै सहकारीलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिए । पुँजिपति वर्गका मानिसहरुले सहकारी खत्तम, रकम ठग्ने र पैसा लुट्ने मात्र संस्था भनर लगाएको आरोप आफुहरुलाई सह्य नहुने पनि बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार लोक बहादुर बस्नेतले सहकारी बिशुद्ध पवित्र मनले समुदायमा रहेका विपन्न, गरीब, दलित, जनजाती, महिलाको सशक्तिकरणको अभियानमा जुटेको दाबी गरे । उनले कुनै पनि राजनीतिक दल, अन्य जुनसुकै शक्तिको नाममा सहकारी संस्थामाथि संगठित अपराध गर्ने प्रविति बढेको भन्दै यसमा चनाखो हुन सबै सहकारीलाई आग्रह गरे ।

बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारीलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर एकिकरण गर्नको लागि जिल्ला बचत संघले नेप्सकुन साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार आधारशिला कार्यक्रमले सबै प्रकृतिका सहकारीको विकास, नीति निर्माणमा सहयोग पुग्ने छ । जोखिममा आधारित कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

जिल्ला सहकारी संघको राष्ट्रिय प्रतिनीधि एवंम सिद्धार्थ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुक्ति पोख्रेलले सहकारीभित्र सहकारीकर्मीको लागि संकट नभई अरु कसैको लागि संकट उत्पन्न भएको बताए । पछिल्लो समय सहकारीको नाममा सहकारीलाई ठगी गर्ने, सहकारीको पैसा खाएर विभिन्न बहाना बाजी गरेर दादा गिरी गर्दै नाराजुलुस लगाएर हिड्ने व्यक्तिहरुको लागि सहकारी चुप लागेर बस्न नहुने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...