News Portal

रेडियो सुन्नुहोस्

६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईयो

बिबश जि.एम२०८० चैत २०
७२१ पटक
२०८० चैत २०

६७ औं राष्ट्रिय सहकारी दिवस प्यूठानमा पनि मनाईएको छ । मंगलबार विहान जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा जिल्लामा भएका सबै सहकारीहरु एकै ठाउँमा सहभागि भई जुम्रीबाट बिजुवारसम्म प्रभातफेरी गरेर दिवस मनाएको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड प्यूठानका अध्यक्ष सुशिल पोख्रेलले अब सहकारीहरु मर्ज गरेर प्रविधियुक्त बनाउने बताएका छन् । प्रविधिको युग आएको भन्दै सहकारीमा आबद्ध सबै सहकारीकर्मीलाई एकताबद्ध गर्नको लागि प्रविधियुक्त बनाउन आवश्यक रहेको बताए । साथै उनले सहकारीले आफ्नो नीति नियम र मुल्यमान्यतामा टेकेर अगाडी बढेको समेत दाबी गरे ।

बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रकाश बैद्यले आजको यो दिनसम्म आईपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै सहकारीले उल्लेखनीय काम गर्दै आएको बताएका छन् । यो दिवस केबल दिवसमा मात्र कार्यक्रम गरी मनाउने संस्था नभएर देशमा भईरहेको विकृति विसंगतीहरुलाई चिर्दै सहकारीलाई सबल र सक्षम बनाउनुपर्नेमा जोड दिए । पुँजिपति वर्गका मानिसहरुले सहकारी खत्तम, रकम ठग्ने र पैसा लुट्ने मात्र संस्था भनर लगाएको आरोप आफुहरुलाई सह्य नहुने पनि बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सल्लाहकार लोक बहादुर बस्नेतले सहकारी बिशुद्ध पवित्र मनले समुदायमा रहेका विपन्न, गरीब, दलित, जनजाती, महिलाको सशक्तिकरणको अभियानमा जुटेको दाबी गरे । उनले कुनै पनि राजनीतिक दल, अन्य जुनसुकै शक्तिको नाममा सहकारी संस्थामाथि संगठित अपराध गर्ने प्रविति बढेको भन्दै यसमा चनाखो हुन सबै सहकारीलाई आग्रह गरे ।

बचत तथा ऋण सहकारी संघ प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारीलाई व्यवस्थित र प्रविधिमैत्री बनाएर एकिकरण गर्नको लागि जिल्ला बचत संघले नेप्सकुन साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार आधारशिला कार्यक्रमले सबै प्रकृतिका सहकारीको विकास, नीति निर्माणमा सहयोग पुग्ने छ । जोखिममा आधारित कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा रहेको उनले बताए ।

जिल्ला सहकारी संघको राष्ट्रिय प्रतिनीधि एवंम सिद्धार्थ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुक्ति पोख्रेलले सहकारीभित्र सहकारीकर्मीको लागि संकट नभई अरु कसैको लागि संकट उत्पन्न भएको बताए । पछिल्लो समय सहकारीको नाममा सहकारीलाई ठगी गर्ने, सहकारीको पैसा खाएर विभिन्न बहाना बाजी गरेर दादा गिरी गर्दै नाराजुलुस लगाएर हिड्ने व्यक्तिहरुको लागि सहकारी चुप लागेर बस्न नहुने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...