News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते

बिबश जि.एम२०८० चैत २३
३८२ पटक
२०८० चैत २३

स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज ३५६१ नं को फोर्स गाडी शुक्रबार साझ ५ः१५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार उकालो चढ्ने क्रममा गाडीको ब्रेक नलाग्दा पछाडी सरी भित्तामा ठोकिन पुगेको थियो ।

गाडीमा सवार १२ जना मध्य ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लिएको छ । घाईते हुनेहरुमा स्वर्गद्धारी नगरपालिका ८ गोरुप्प बस्ने ४७ बर्षिय ठगिराम घर्तीमगर, सोही ठाउँकै २६ बर्षकी आस्ना घर्तीमगर, ३५ बर्षकी भिमा भण्डारी, १६/१६ बर्षकी लक्ष्मी सुनार र मिना सुनार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...