News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी ८ धन्चौरमा गाडी दुर्घटना हुँदा ५ जना घाईते

बिबश जि.एम२०८० चैत २३
५१० पटक
२०८० चैत २३

स्वर्गद्धारी नगरपालिका ८ मा गाडी दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । भिङ्ग्रीबाट धन्चौर जाँदै गरेको लु १ ज ३५६१ नं को फोर्स गाडी शुक्रबार साझ ५ः१५ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार उकालो चढ्ने क्रममा गाडीको ब्रेक नलाग्दा पछाडी सरी भित्तामा ठोकिन पुगेको थियो ।

गाडीमा सवार १२ जना मध्य ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लिएको छ । घाईते हुनेहरुमा स्वर्गद्धारी नगरपालिका ८ गोरुप्प बस्ने ४७ बर्षिय ठगिराम घर्तीमगर, सोही ठाउँकै २६ बर्षकी आस्ना घर्तीमगर, ३५ बर्षकी भिमा भण्डारी, १६/१६ बर्षकी लक्ष्मी सुनार र मिना सुनार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...