News Portal

रेडियो सुन्नुहोस्

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

झुलेनी नेटवर्क २०८१ जेष्ठ ६
५१० पटक
२०८१ जेष्ठ ६

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरुको शिक्षामा थप सहजता पुग्ने उद्देश्यले सुस्त श्रवण शक्ति भएका २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको पेशागत महासंघ प्यूठानले जनाएको छ ।

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानका अध्यक्ष दल बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भुवनेश्वरी माध्यमिक विद्यालयका शिक्षक चन्द्रकान्त पोख्रेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय विराज बिष्ट रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...