News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

बिबश जि.एम२०८१ जेष्ठ ७
९७८ पटक
२०८१ जेष्ठ ७

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो ।

आई.पि.भी खोप छुटेको र यो खोप बच्चाको लागि अति आवश्यक भएकाले २०७३ वैशाख महिना देखि २०७५ आश्विन महिना सम्म जन्मिएका बालबालिकाहरुलाई लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस अवधिमा जिल्लामा अनुमानित केन्द्रबाट १३ हजार १ सय ७९ खोप प्राप्त भएपनि स्थानीय तहहरुबाट प्राप्त तथ्यांक अनुसार ११ हजार ५ सय ६४ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ ।

करिब १४ दिनसम्म चल्ने अभियानमा ६४ खोप कार्यकर्ता, १ सय २८ स्वयंसेवक, ४ सय १ जना शिक्षक, ६४ कार्यालय सहयोगी, ९४ जना अन्य स्वास्थ्यकर्मी रहेका छन् । कुल जनशक्ति ७ सय ५१ जना परिचालित हुने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।
खोप अभियानको बारेमा स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले जानकारी दिएका थिए । कार्यक्रममा पोलियो रोग–पोलियोमाईलाईटिस के हो, पोलियो रोगको उपचार तथा बच्ने उपाय, पोलियो उन्मुलनको अवस्था, आई.पि.भी खोप र ओ.पि.भी खोपको प्रयोग लगायतका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै आई.पि.भी खोप अभियानको औचित्य, खोप अभियान सञ्चालन मिति र अवधि, ओ.पि.भी खोपबाट उत्पन्न भएको पोलियो भाईरसबाट हुनसक्ने पोलियोमाईलाईटिस, ओ.पि.भी. खोपबाट उत्पन्न भएको पी २ पोलियो भाईरसबाट पोलियोमाईलाईटिस भएका विरामीहरुको संख्याको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, प्यूठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगी, पत्रकार महासंघ प्यूठानका जिल्ला अध्यक्ष सञ्जय रिजाल लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष धरम बहादुर जि.सी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन निरीक्षक कोशल राज बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...