News Portal

रेडियो सुन्नुहोस्

गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै

झुलेनी नेटवर्क२०८१ जेष्ठ १५
६६५ पटक
२०८१ जेष्ठ १५

१७ औं गणतन्त्र दिवस प्यूठानमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा प्यूठानको खलंगामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गणतन्त्र आएपनि जनताको समस्या जस्ताको त्यस्तै रहेको बताएका छन् ।

जनतालाई साँच्चीकै गणतन्त्र आएको अनुभव दिलाउनको लागि जनताको समस्यालाई समाधान गर्न तर्फ सबैको ध्यान जानुपर्ने कार्यक्रममा सहभागीहरुले धारणा राखेका थिए । साथै सरोकारवाला निकायले जनआन्दोलनबाट प्राप्त गरेको गणतन्त्रका सकारात्मक पक्षहरु समिक्षा गर्दै गणतन्त्रका उपलब्धीलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

मंगलबार विहान जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र मल्लरानी गाउँपालिकाको संयुक्त आयोजनामा गणतन्त्र दिवस मनाईएको हो । महेन्द्र माध्यमिक विद्यालयबाट सुरु भएको प्रभात फेरी जिल्ला समन्वय समितिमा पुगी कोणसभामा परिणत भएकाृ थियो ।

प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी रहेका थिए ।

कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, ३ वटै सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता थियो ।

प्युठान नगरपालिकाले पनि गणतन्त्र दिवसको अबसरमा सरसफाई सहित उत्कृष्ट शिक्षक तथा विभिन्न बिधामा प्रथम, द्वितीय एवं तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत वितरण गरेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि पालिकामा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

त्यस्तै उद्योग बाणिज्य संघ प्यूठानले गणतन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पताल बिजुवारलाई ह्वीलचियर प्रदान गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...