News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

झुलेनी नेटवर्क २०८१ जेष्ठ २५
४५१ पटक
२०८१ जेष्ठ २५

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाईसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका २ सय ९३ बालबालिका र १६ देखि ५९ महिनाका ९ सय ४ जना बालबालिकाले खोप लगाएको गाउँपालिकाले जनाएको छ । १६ देखि ५९ महिनासम्मका ८ सय ४ जना बालबालिकाले पूर्णखोप लगाएका छन् भने बाँकीलाई सर्वेक्षणको क्रममा खोप लगाई पुरा गरिएको मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पारस शाहीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी र विशेष अतिथि स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे रहेका थिए । कार्यक्रममा पालिका भित्रका ५ वटै वडाका खोप कार्यकर्तालाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...