News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

झुलेनी नेटवर्क २०८१ जेष्ठ २५
५९५ पटक
२०८१ जेष्ठ २५

मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाईसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका २ सय ९३ बालबालिका र १६ देखि ५९ महिनाका ९ सय ४ जना बालबालिकाले खोप लगाएको गाउँपालिकाले जनाएको छ । १६ देखि ५९ महिनासम्मका ८ सय ४ जना बालबालिकाले पूर्णखोप लगाएका छन् भने बाँकीलाई सर्वेक्षणको क्रममा खोप लगाई पुरा गरिएको मल्लरानी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पारस शाहीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी र विशेष अतिथि स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे रहेका थिए । कार्यक्रममा पालिका भित्रका ५ वटै वडाका खोप कार्यकर्तालाई प्रमाणपत्रले सम्मान समेत गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...