News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

बिबश जि.एम२०८१ जेष्ठ ३०
४१८ पटक
२०८१ जेष्ठ ३०

झिमरुक गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ । “दिगो शान्तिका लागि उन्नत मेलमिलाप” भन्ने नारासहित २७ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

न्यायिक समितिमा आएका मुद्धाहरुलाई वडा तहमा नै निरुपण गर्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको झिमरुक गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । गाउँपालिकामा आएका सबै मुद्धाहरुलाई मेलमिलापकर्ताहरुले आचार संहिताको नियम पालना गरी सबैको मुद्धालाई साझा धारणाले निरुपण गर्न समिति संयोजक पोख्रेलले निर्देशन समेत दिएका छन् ।

तालिमको प्रशिक्षकमा अधिवक्ता नविन घिमिरे, प्यूठान जिल्ला न्यायधिश पुनाराम खनाल, जिल्ला अदालतका श्रेस्तेदार गोपाल गौतम, सरकारी वकिल कार्यालय दाङ घोराहीका लक्ष्मी न्यौपाने रहेका थिए ।

न्यायिक समिति संयोजक प्रमोद पोख्रेलको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही रहेका थिए ।

झिमरुक गाउँपालिकाको आयोजनामा भएको तालिमको सहजिकरण शान्तिका लागि सहकार्य संस्था नेपालले गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...