News Portal

रेडियो सुन्नुहोस्

झिमरुकमा मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न

बिबश जि.एम२०८१ जेष्ठ ३०
६०६ पटक
२०८१ जेष्ठ ३०

झिमरुक गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ । “दिगो शान्तिका लागि उन्नत मेलमिलाप” भन्ने नारासहित २७ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।

न्यायिक समितिमा आएका मुद्धाहरुलाई वडा तहमा नै निरुपण गर्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको झिमरुक गाउँपालिका न्यायिक समिति संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए । गाउँपालिकामा आएका सबै मुद्धाहरुलाई मेलमिलापकर्ताहरुले आचार संहिताको नियम पालना गरी सबैको मुद्धालाई साझा धारणाले निरुपण गर्न समिति संयोजक पोख्रेलले निर्देशन समेत दिएका छन् ।

तालिमको प्रशिक्षकमा अधिवक्ता नविन घिमिरे, प्यूठान जिल्ला न्यायधिश पुनाराम खनाल, जिल्ला अदालतका श्रेस्तेदार गोपाल गौतम, सरकारी वकिल कार्यालय दाङ घोराहीका लक्ष्मी न्यौपाने रहेका थिए ।

न्यायिक समिति संयोजक प्रमोद पोख्रेलको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही रहेका थिए ।

झिमरुक गाउँपालिकाको आयोजनामा भएको तालिमको सहजिकरण शान्तिका लागि सहकार्य संस्था नेपालले गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...