News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.वि रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण

बिबश जि.एम२०८१ असार ११
४५५ पटक
२०८१ असार ११

नेपाल औषधी व्यवसायि संघ प्यूठान शाखाले मुक्ति माध्यमिक विद्यालय रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण गरेको छ । नेपाल औषधि ब्यबसायि संघको ५१औं स्थापना दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको सबैभन्दा पुरानो तथा धेरै विद्यार्थी भएको विद्यालय भन्दै उक्त सामग्री हस्तान्तरण गरिएको संघका महासचिव खिम प्रसाद पार्धेले जानकारी दिए । उनका अनुसार करिब ५ हजार बराबरको सामान र औषधी प्रदान गरिएको छ ।

विद्यालयमा हुने सामान्य विरामीहरुको समास्यालाई तत्काल समाधान गर्नको लागि सहयोग पुग्ने भन्दै प्राथमिक उपचारका लागि स्वास्थ्य सामग्री दिईएको हो । सामान्य चोटपटक लाग्दा, बान्ता आउँदा, पखाला लाग्दा अन्य केहि स्वास्थ्य समस्या आउँदा सामान्य उपचारको लागि १४ प्रकारका औषधी विद्यालयका सहायक प्रधानाध्यापक दिनेशचन्द्र सुवेदी मार्फत हस्तान्तरण गरिएको छ । नेपाल औषधी व्यवसायि संघ प्यूठानका अध्यक्ष भगत बहादुर कर्माचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...