News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.वि रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण

बिबश जि.एम२०८१ असार ११
३५४ पटक
२०८१ असार ११

नेपाल औषधी व्यवसायि संघ प्यूठान शाखाले मुक्ति माध्यमिक विद्यालय रातामाटामा प्राथमिक उपचारको लागि सामग्री तथा औषधी हस्तान्तरण गरेको छ । नेपाल औषधि ब्यबसायि संघको ५१औं स्थापना दिवसको अवसरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको सबैभन्दा पुरानो तथा धेरै विद्यार्थी भएको विद्यालय भन्दै उक्त सामग्री हस्तान्तरण गरिएको संघका महासचिव खिम प्रसाद पार्धेले जानकारी दिए । उनका अनुसार करिब ५ हजार बराबरको सामान र औषधी प्रदान गरिएको छ ।

विद्यालयमा हुने सामान्य विरामीहरुको समास्यालाई तत्काल समाधान गर्नको लागि सहयोग पुग्ने भन्दै प्राथमिक उपचारका लागि स्वास्थ्य सामग्री दिईएको हो । सामान्य चोटपटक लाग्दा, बान्ता आउँदा, पखाला लाग्दा अन्य केहि स्वास्थ्य समस्या आउँदा सामान्य उपचारको लागि १४ प्रकारका औषधी विद्यालयका सहायक प्रधानाध्यापक दिनेशचन्द्र सुवेदी मार्फत हस्तान्तरण गरिएको छ । नेपाल औषधी व्यवसायि संघ प्यूठानका अध्यक्ष भगत बहादुर कर्माचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...