News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु

बिबश जि.एम२०८१ असार ११
३८१ पटक
२०८१ असार ११

गौमुखी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई न्यायिक समिति र केही कानुनी व्यवस्थाको बारेमा जानकारी गराईएको छ । मंगलबार गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखी १२ सम्मका विद्यार्थीलाई कानुन सम्बन्धि केही कुरामा जानकारी गराईएको गौमुखी गाउँपालिकाका कानुन अधिकृत अनिल रायमाझीले जानकारी दिए ।

कार्यक्रममा बालविवाह, बहुविवाह, गर्भपतन, जवरजस्ती करणी, यौन दुव्र्यवहार, कसैलाई गाली, बेइज्जती, धर्म परिवर्तन गराउन, जातजातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार, घरेलु हिंसा गर्न नहुने लगायतका कुरा जानकारी गराईएको थियो । त्यस्तै न्यायिक समिति सम्बन्धि कानुनी व्यवस्था, न्यायिक समितिको अवस्था, काम कर्तव्य र अधिकारका बारेमा पनि जानकारी दिईएको हो ।

न्यायिक समिति गौमुखी गाउँपाकिकाको आयोजनामा भएको कार्यक्रमको प्रशिक्षकमा न्यायिक समिति सदस्य जुमान सिंह जि.सी र कानुन अधिकृत अनिल रायमाझी रहेका थिए । आज मंगलबारबाट सुरु भएको कार्यक्रम गाउँपालिका भित्र रहेका ७ वटै वडाका विद्यालयमा गरिने गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...