News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु

बिबश जि.एम२०८१ असार ११
६८९ पटक
२०८१ असार ११

गौमुखी गाउँपालिकामा कानुनी सचेतना सम्बन्धि कार्यक्रम सुरु भएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई न्यायिक समिति र केही कानुनी व्यवस्थाको बारेमा जानकारी गराईएको छ । मंगलबार गौमुखी गाउँपालिका वडा नं ७ नारीकोटका विद्यालयमा अध्ययन गर्ने कक्षा ७ देखी १२ सम्मका विद्यार्थीलाई कानुन सम्बन्धि केही कुरामा जानकारी गराईएको गौमुखी गाउँपालिकाका कानुन अधिकृत अनिल रायमाझीले जानकारी दिए ।

कार्यक्रममा बालविवाह, बहुविवाह, गर्भपतन, जवरजस्ती करणी, यौन दुव्र्यवहार, कसैलाई गाली, बेइज्जती, धर्म परिवर्तन गराउन, जातजातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार, घरेलु हिंसा गर्न नहुने लगायतका कुरा जानकारी गराईएको थियो । त्यस्तै न्यायिक समिति सम्बन्धि कानुनी व्यवस्था, न्यायिक समितिको अवस्था, काम कर्तव्य र अधिकारका बारेमा पनि जानकारी दिईएको हो ।

न्यायिक समिति गौमुखी गाउँपाकिकाको आयोजनामा भएको कार्यक्रमको प्रशिक्षकमा न्यायिक समिति सदस्य जुमान सिंह जि.सी र कानुन अधिकृत अनिल रायमाझी रहेका थिए । आज मंगलबारबाट सुरु भएको कार्यक्रम गाउँपालिका भित्र रहेका ७ वटै वडाका विद्यालयमा गरिने गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...