News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षाले प्यूठानको जनजीवन अस्तव्यस्त

हेमन्त पाठक२०८१ असार २३
६७७ पटक
२०८१ असार २३

प्यूठान जिल्लामा केहिदिन देखि लगातार परेको अविरल वर्षाका कारण प्युठानको ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन अस्तब्यस्त भएको छ । प्यूठान जिल्लाको दुर्गम क्षेत्र मानिने प्युठान नगरपालिका ५ चान्जामा पहिरो जाँदा त्यस क्षेत्रका आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् ।

अविरल बर्षातका कारण चान्जामा रहेको एक सामुदायिक बिद्यालय पहिरोले भत्किएको प्यूठान नगरपालिका ५ का निर्वतमान वडा अध्यक्ष लक्ष्मण भण्डारी बताए ।त्यस्तै प्युठान नगरपालिका –५ जुम्रिकाँढा जाने मोटर बाटो पहिरोको कारण अवरुद्ध हुँदा आवतजावत ठप्प छ । प्युठान नगरपालिका– ६ माझकोटको ग्रामीण ठाँउ जाने मोटर बाटो पनि विभिन्न ठाउँहरुमा पहिरो जाँदा अवरुद्ध भएको छ ।

प्यूठान नगरपालिका –६ आमधारा निवासी छविलाल बुढा मगरको गोठ भत्किँदा पशु चौपायाहरू घाइते भएका छन । जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा आवतजावतमा समस्या आएकोे छ । स्थानीयलाइ अस्पताल पुग्न, उपभोग्य सामानका लागि सवारी नचल्दा समस्या छ ।

जिल्ला प्रवेश गर्ने मुख्यद्धार प्यूठान भालुवाङ सडक खण्ड केहि दिन देखि आवतजावत गर्न समस्या भइरहेको छ । गनाहा –चकचके सडक खण्ड मोतिपुर र गर्जेनी स्थित पहिरो र लेदो झरेर सडक दिनहु समस्या भइरहने सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले बताए ।

त्यस्तै देवीस्थान तिराम दाङ सडक पनि अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको छ । केहि समय बाटो सुचारु भएता पनि विभिन्न ठाउँहरूमा खसेको पहिरो र लेदोका कारण यात्रुहरूलाई आवत जावतमा कठिनाइ भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...