News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षाले प्यूठानको जनजीवन अस्तव्यस्त

हेमन्त पाठक२०८१ असार २३
६८८ पटक
२०८१ असार २३

प्यूठान जिल्लामा केहिदिन देखि लगातार परेको अविरल वर्षाका कारण प्युठानको ग्रामीण तथा सहरी क्षेत्रको जनजीवन अस्तब्यस्त भएको छ । प्यूठान जिल्लाको दुर्गम क्षेत्र मानिने प्युठान नगरपालिका ५ चान्जामा पहिरो जाँदा त्यस क्षेत्रका आसपासका बस्तीहरु उच्च जोखिममा परेका छन् ।

अविरल बर्षातका कारण चान्जामा रहेको एक सामुदायिक बिद्यालय पहिरोले भत्किएको प्यूठान नगरपालिका ५ का निर्वतमान वडा अध्यक्ष लक्ष्मण भण्डारी बताए ।त्यस्तै प्युठान नगरपालिका –५ जुम्रिकाँढा जाने मोटर बाटो पहिरोको कारण अवरुद्ध हुँदा आवतजावत ठप्प छ । प्युठान नगरपालिका– ६ माझकोटको ग्रामीण ठाँउ जाने मोटर बाटो पनि विभिन्न ठाउँहरुमा पहिरो जाँदा अवरुद्ध भएको छ ।

प्यूठान नगरपालिका –६ आमधारा निवासी छविलाल बुढा मगरको गोठ भत्किँदा पशु चौपायाहरू घाइते भएका छन । जिल्लाका ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा आवतजावतमा समस्या आएकोे छ । स्थानीयलाइ अस्पताल पुग्न, उपभोग्य सामानका लागि सवारी नचल्दा समस्या छ ।

जिल्ला प्रवेश गर्ने मुख्यद्धार प्यूठान भालुवाङ सडक खण्ड केहि दिन देखि आवतजावत गर्न समस्या भइरहेको छ । गनाहा –चकचके सडक खण्ड मोतिपुर र गर्जेनी स्थित पहिरो र लेदो झरेर सडक दिनहु समस्या भइरहने सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख राजिव श्रेष्ठले बताए ।

त्यस्तै देवीस्थान तिराम दाङ सडक पनि अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको छ । केहि समय बाटो सुचारु भएता पनि विभिन्न ठाउँहरूमा खसेको पहिरो र लेदोका कारण यात्रुहरूलाई आवत जावतमा कठिनाइ भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...