News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी सङ्घ प्युठानद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १९
४८५ पटक
२०८१ श्रावण १९

होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र प्युठानले होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

नेपालगन्जमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने ब्यबसायिहरुलाइ सम्मान गरेको प्रेस सल्लाहकार एलबि थापाले बताए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा दधिराम भण्डारी, सह कोषाध्यक्षमा जुद्ध बहादुर कँवर र सदस्य पदमा रामकृष्ण भण्डारी निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्ष भण्डारी सङ्घको निवर्तमान महासचिव हुन् भने सह कोषाध्यक्ष कँवर सङ्घको जिल्ला अध्यक्ष तथा सदस्य भण्डारी सङ्घको सल्लाहकार हुन् ।

निर्वाचित उनीहरूलाई केन्द्रीय सचिव धनेश्वर भण्डारी केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, शिव पुलामी, सङ्घका निवर्तमान अध्यक्ष गन्ज बहादुर थापा, माण्डव बजार इलाका अध्यक्ष तुलसीराम के सी, कानुनी सल्लाहकार रामेश्वर सुदि, प्रेस सल्लाहकार एलबि थापा लगायतले बधाई दिएका थिए।

२०६५ सालमा स्थापना भएको सङ्घले प्युठान जिल्लाका होटल व्यवसायीहरूको हक हित, संरक्षण र पर्यटन प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...