News Portal

रेडियो सुन्नुहोस्

होटल व्यवसायी सङ्घ प्युठानद्वारा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

झुलेनी नेटवर्क२०८१ श्रावण १९
६५८ पटक
२०८१ श्रावण १९

होटल व्यवसायी सङ्घ तथा पर्यटन सूचना केन्द्र प्युठानले होटल व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ ।

नेपालगन्जमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित प्युठान जिल्लाबाट प्रतिनिधित्व गर्ने ब्यबसायिहरुलाइ सम्मान गरेको प्रेस सल्लाहकार एलबि थापाले बताए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदमा दधिराम भण्डारी, सह कोषाध्यक्षमा जुद्ध बहादुर कँवर र सदस्य पदमा रामकृष्ण भण्डारी निर्वाचित भएका थिए ।

वरिष्ठ उपाध्यक्ष भण्डारी सङ्घको निवर्तमान महासचिव हुन् भने सह कोषाध्यक्ष कँवर सङ्घको जिल्ला अध्यक्ष तथा सदस्य भण्डारी सङ्घको सल्लाहकार हुन् ।

निर्वाचित उनीहरूलाई केन्द्रीय सचिव धनेश्वर भण्डारी केन्द्रीय सल्लाहकार चन्द्रलाल न्यौपाने, शिव पुलामी, सङ्घका निवर्तमान अध्यक्ष गन्ज बहादुर थापा, माण्डव बजार इलाका अध्यक्ष तुलसीराम के सी, कानुनी सल्लाहकार रामेश्वर सुदि, प्रेस सल्लाहकार एलबि थापा लगायतले बधाई दिएका थिए।

२०६५ सालमा स्थापना भएको सङ्घले प्युठान जिल्लाका होटल व्यवसायीहरूको हक हित, संरक्षण र पर्यटन प्रवर्द्धन सम्बन्धी काम गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...