News Portal

रेडियो सुन्नुहोस्

२१ औँ जिल्ला सम्मेलनको तयारीमा अखिल (क्रान्तिकारी)

झुलेनी नेटवर्क२०८१ श्रावण २२
५७५ पटक
२०८१ श्रावण २२

माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) प्युठानले २१ औँ जिल्ला सम्मेलनको तयारी थालेको छ । भदौ १ गते हुने जिल्ला सम्मेलन पूर्व ९ वटै स्थानीय तहमा पालिका सम्मेलनहरू सम्पन्न गरिएको जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताए ।

“९ वटा स्थानीय तह र यौटा नगर विशेष कमिटी गरी १० वटा समिति बनेका छन् ।” विश्वकर्माले भने–“ ९ वटा स्थानीय तह, क्याम्पस र मावि साथै सम्पर्क समितिबाट कुल ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन् ।”

२ वटा नगरपालिकाबाट ३०–३० जना, ७ वटा गाउँपालिकाबाट २०–२० जना, ५ वटा क्याम्पसबाट १०–१० जना, ७५ बटा मावि बाट १–१ जना, ३ वटा सम्पर्क मञ्चबाट २–२ जनाको दरले ३ सय ३१ जना प्रतिनिधि सहभागी हुनेछन् । नगर विशेष समितिबाट प्रतिनिधित्व हुने–नहुने टुङ्गो नलागिसकेको अध्यक्ष विश्वकर्माले बताए ।

उक्त सङ्गठनले आयोजक कमिटीलाई पनि स्थानीय तहबाटै चुनिएर आउनुपर्ने व्यवस्था गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...