News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा स्थानीय तहका कर्मचारी आन्दोलनमा

बासुदेब गिरीप्युठान ४ पौष ।
१२२० पटक
प्युठान ४ पौष ।

सरकारले कर्मचारी समायोजन अध्यादेश जारी गरेसँगै प्युठानमा स्थानीय तहमा कार्यरत स्थायी अस्थायी र करारका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलन समिति प्युठानका संयोजक रामकृष्ण शर्माले स्थानीय तहमा संघिय निजामती कर्मचारी समायोजन गर्ने सिलसिलामा स्थानीय तहमा बर्षौ देखि काम गर्दै आएका कर्मचारीहरुलाई विभेद र अन्याय हुने गरि अध्यादेश ल्याईएको जानकारी गराउदै स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत समान मापदण्डको आधारमा समायोजन गरि उनिहरुको विकास सुनिस्चितता गर्ने लगायतका मांगहरु राखी दबाब दिनका लागि आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन बाध्य भएको जानकारी गराए ्र
कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारीलाई स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८७ बमोजिम तथा सर्वोच्च अदालतले २०७४ पौष २१ गते गरेको फैसला आदेश अनुसार श्रेणि बिहिन कर्मचारीको स्तरवृद्धि वृद्धि बिकास बढुवा जागिरको सुनिश्चितता आबश्यक प्रक्रिया पुर्याइ स्थायी गर्नुपर्ने माग राख्दै उनीहरु आन्दोलनमा उत्रिका हुन् । प्युठानमा कर्मचारीहरुले सोमबारदेखि केन्द्रिय कार्यक्रम अनुसार कामकाजलाई ठप्प पार्दै कार्यालय अगाडि धर्नामा बसे पनि आज स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति गठन गरि पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी दिएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा रहेका स्थायी करार अस्थायी कर्मचारीहरु आन्दोलनमा उत्रिएर सेवाप्रवाह ठप्प पारेको स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिका प्युठान जिल्ला सल्लाहकार दिनेश के सीले जानकारी दिएका छन् ।

जिल्लामा कार्यरत सबै स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि प्युठान जिल्लाभर रहेका स्थानीय तहको दैनिक कामकाज नै प्रभावित भएको छ ।आन्दोलनमा उत्रिएका कर्मचारीले विभिन्न माग राख्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिमार्फत सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु मार्फत ज्ञापनपत्र बुझाएको संयुक्त आन्दोलन परिचालन समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीलाई स्थायी सेवा निरन्तरताको व्यवस्था गर्नुपर्ने मुख्य माग रहेको आन्दोलन समितिका सदस्य बन्दना शाक्यले बताईन् ।
उनले भने स्थानीय तहमा श्रेणीविहिन कर्मचारीहरुको स्तर बृद्धि, बढुवा, वृत्ति विकास तत्काल लागु गर्नसमेत माग गरिएको छ । स्थानीय तहसँग गरिएका माग पूरा नभए आन्दोलन चर्काउने उनको भनाइ छ । प्युठान जिल्लामा हाल तीन सय जनाको हाराहारीमा स्थायी करार र अस्थायी कर्मचारीहरु स्थानीय तहमा कार्यरत छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...