News Portal

रेडियो सुन्नुहोस्

टमाटर खेती नै आम्दानीको मुख्य श्रोत, सतायो रोगले

बिबश जि.एम२०८१ श्रावण २९
३९४ पटक
२०८१ श्रावण २९

व्यावसायीकरुपमा टमाटर खेति गरेका प्यूठान नगरपालिका ६ माझकोटका किसान टमाटरमा रोग लागेपछि चिन्तित भएका छन् । लटरम्मै फलेर पाक्न थालेको टमाटरमा रोगलागेर कुहिएपछि किसान चिन्तित भएका हुन् । माझकोटस्थित माझपोखरी, बह्रापाती, मैदान, बर्बोट, भद्रेपाँटा लगायतका स्थानका दुई दर्जन बढि किसानले लगाएको टमाटर कुहिएर नोक्सान भएको छ । टमाटरमा दाना पहेलो भएर कुहिएपछि किसानले मलखादमा फाल्ने गरेका छन् ।

आफ्नो र भाडामा गरि १६ रोपनी क्षेत्रफल जग्गामा लगाएको टमाटर दाना पहेलो भएर कालो हुँदै कुहिने समस्या देखिएको माझपोखरीका किसान तिलकबहादुर गुरुङले बताए । उनले ६ रोपनी आफ्नो र बाँकी जग्गा वार्षिक ५६ हजार रुपैयाँ भाडा तिरेर व्यवसायिक टमाटर खेती गर्दै आएका छन् ।

‘टमाटरमा रोग लाग्दा दैनिक १० जना मजदुरको पारिश्रमिक र लगानी खेर गएर नउठ्ला की भन्ने चिन्ता छ,’ गुरुङले भने,‘गत वर्ष पनि यस्तै समस्या भएको थियो ।’ गत वर्षको घाटा यस वर्ष उठाउने योजनामा बनाएकोमा यस वर्ष पनि रोग लागेपछि घरपरिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको उनले बताए । गत वर्ष ६ लाख रुपैयाँ बराबरको टमाटर विक्री भएकोमा यस वर्ष विक्रीका लागि तयार हुन लागेको टमाटर टिपेर मलखादमा फाल्न परेको उनले गुनासो गरे ।

यस्तै माझपोखरीमा ५ रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आएकी अर्की किसान सिर्जना गुरुङले गत वर्ष देखि टमाटरमा रोग देखिन थालेपछि किसान समस्या परेको बताइन । नियन्त्रणको उपाय थाहा पाउन नसकिएको उनले गुनासो गरिन । ‘गत वर्ष देखि टमाटरमा रोग देखिन थालेको हो’, उनले भनिन्, ‘समस्या बालीमा हो, वा माटोमा हो थाहा पाउनै सकिएन ।’ टमाटरमा रोग देखिन थालेपछि किसानहरुले प्यूठान नगरपालिकाका कृषि प्राविधिक र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई प्यूठानमा खवर गरेका थिए । प्राविधिकको सल्लाह बमोजिम उपचार विधी अपनाएपनि समस्या समाधान हुन नसकेको यहाँका किसानहरु बताउँछन् ।

प्युठान नगरपालिकाको कृषि शाखाका प्रमुख अजित पौडेलले माझकोट गुरुङगाउँमा किसानले लगाएको टमाटरमा ढडुवाजन्य रोग लागेको बताए । पौडेलले बर्खाको सिजन भएकाले नियन्त्रण गर्ने प्रयास गरेपनि पानीले विषादी बगाउँदा रोग नियन्त्रणमा लिन समस्या परेको बताए । ‘किसानलाई औषधिहरु सिफारिस गरी प्रयोग गर्न सल्लाह दिएका छौ,’ उनले भने,‘तर नियन्त्रणमा आएको छैन ।’ छिटो/छिटो पानी नपर्ने अवस्थामा औषधि प्रयोग गर्दा नियन्त्रणमा आउने उनको भनाइ छ ।

उपचारका लागि प्युठान नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्राविधिकहरुको नियन्त्रणको प्रयास असफल भएको हो । जिल्लामा बर्खाको सिजनमा टमाटर धेरै उत्पादन गरिने मुख्य क्षेत्र माझकोटको गुरुङगाउँ हो । २०५२ साल देखि व्यवसायिक टमाटर खेतीमा जोडिएका किसानहरु हिउँदको समयमा सिंचाई अभावमा गाँग्रोबाट पानी बोकेर बेर्ना हुँकाउँदै टमाटर खेती गर्दै आएका छन् । सरोकारवालाहरुले किसानको समस्या समाधानका लागि बेलैमा सोच्नुपर्ने कृषि क्षेत्रका जानकारहरुको भनाइ छ ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...