News Portal

रेडियो सुन्नुहोस्

अनेमसंघ(क्रान्तिकारी) प्युठान नगरको प्रथम सम्मेलन सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ ४
५०३ पटक
२०८१ भदौ ४

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) प्युठान नगरपालिकाको प्रथम सम्मेलन मङ्गलवार जुम्रीमा सम्पन्न भएको छ ।

भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रेखा बस्याल, कमला थापा, सचिवमा सावित्रा घिमिरे, कोषाध्यक्षमा रुपा के.सी. लगायत रहेका छन् । कार्यक्रम  संघका   संयोजक तुलसा सुवेदीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

सम्मेलनमा बोल्दै खड्काले संविधान बनी महिलाहरूको अधिकार समावेश गरेकोमा महिलालाई स्थापित गर्न र अधिकारको प्रयोग गर्न महिलाहरू नै बढी चनाखो हुनुपर्नेमा जोड दिए । जनयुद्ध र जनआन्दोलनले महिला अधिकारका लागि सचेतीकरणमा अहम् भूमिका निर्वाह गरेपनि संविधान अनुसार कार्यान्वयनमा अझै समस्या देखिएको खड्काले बताए । ‘पछिल्ला घटनाक्रमले संविधानमा राखिएका अधिकारहरू खोसिने हुन् की भन्ने खतरा बढेको छ’ खड्काले भने । माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश समिति सदस्य प्रकाश अधिकारी लगायतका नेताहरूले महिलाहरूको अधिकार स्थापितमा माओवादी केन्द्र अग्रपङ्क्तिमा रहेको दाबी गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...