News Portal

रेडियो सुन्नुहोस्

अनेमसंघ(क्रान्तिकारी) प्युठान नगरको प्रथम सम्मेलन सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ ४
३५४ पटक
२०८१ भदौ ४

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) प्युठान नगरपालिकाको प्रथम सम्मेलन मङ्गलवार जुम्रीमा सम्पन्न भएको छ ।

भेलाले लाली घर्तीको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति सर्वसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा रेखा बस्याल, कमला थापा, सचिवमा सावित्रा घिमिरे, कोषाध्यक्षमा रुपा के.सी. लगायत रहेका छन् । कार्यक्रम  संघका   संयोजक तुलसा सुवेदीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

सम्मेलनमा बोल्दै खड्काले संविधान बनी महिलाहरूको अधिकार समावेश गरेकोमा महिलालाई स्थापित गर्न र अधिकारको प्रयोग गर्न महिलाहरू नै बढी चनाखो हुनुपर्नेमा जोड दिए । जनयुद्ध र जनआन्दोलनले महिला अधिकारका लागि सचेतीकरणमा अहम् भूमिका निर्वाह गरेपनि संविधान अनुसार कार्यान्वयनमा अझै समस्या देखिएको खड्काले बताए । ‘पछिल्ला घटनाक्रमले संविधानमा राखिएका अधिकारहरू खोसिने हुन् की भन्ने खतरा बढेको छ’ खड्काले भने । माओवादी केन्द्रका केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश समिति सदस्य प्रकाश अधिकारी लगायतका नेताहरूले महिलाहरूको अधिकार स्थापितमा माओवादी केन्द्र अग्रपङ्क्तिमा रहेको दाबी गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...