News Portal

रेडियो सुन्नुहोस्

अधिवेशन नजिकिदै जाँदा नेविसंघ प्युठानमा विवाद

सागर रिजाल प्युठान,४ पुस
९७२ पटक
प्युठान,४ पुस

नेपाल विद्यार्थी संघ प्युठानको अधिवेशन नजिकिदै जाँदा विवाद चुल्लिएको छ । पार्टी संगठनको विवादले गर्दा नेविसंघमा पनि विवाद वढेको नेविसंघ प्युठानका सचिव कल्याण विक्रम केसीले बताए । २ महिना अघि मात्र भएको अधिवेशनलाई अध्यक्षको अनुमतिविना अर्को पक्षले फेरी नयाँ कार्यसमिति बनाएको छ । अध्यक्ष एन.पी मगर, सचिव कल्याण विक्रम केसीको समुह एकातर्फ छ भने नेविसंघका क्षेत्रीय उपसभापती गिर बहादुर घर्ति, भोजराज भण्डारी र क्षेत्रिय सहसचिव रुकमान रोका क्षेत्री अर्को पक्षमा रहेका छन् ।
सहसचिव रुकमान रोका क्षेत्री, क्षेत्रीय सभापती गरि बहादुर घर्ति मगर र भोजराज भण्डारीको समुहले अध्यक्षलाई नसोधी नौवहिनी गाउँपालिका स्थित गंगा माध्यामिक विद्यालय वाहनेमा कृष्ण केसी र बालशिक्षा माध्यामिक विद्यालय झिमरुक गाउँपालिका ओखरकोटमा प्रकाश थापाको नेतृत्वमा नयाँ कमिटि गठन गरेको छ ।
संघको अधिवेशन नजिकिदै जादाँ विद्यार्थी संगठनले अध्यक्षलाई विना सूचना कमिटि गठन गर्दै ँ जानाले नेविसंघमा ठुलो धक्का पुगेको सचिव केसीले बताए । यहि पुस ९ र १० गते अधिवेशन गर्ने निर्णय गरेका थियौँ । केसीले भने,‐‘साथीहरुले सोधपुछ विना कमिटि फेर्दै हिडेका छन् । ’
संगठनले २ महिना अगाडी जिल्लाका सबै माविमा इकाई कमिटि गठन गरेको थियो । अबको अधिवेशनमा विधि र विधान अनुसार अगाडी वढ्ने भन्दा अर्को पक्ष विवादमा आई सोधपुछ विना कमिटि गठन गर्दै हिडेको केसीले बताए । सबै स्थानिय तहका विद्यार्थीहरुलाई समेटी अधिवेशन गरिने उनले बताए ।
अधिवेशनको मुखमा क्षेत्रीय सभापती र क्षेत्रीय सहसचिवको नेतृत्वले गठन गर्दै जाँदा आफुले पनि यसको विरुद्धमा जिल्ला स्थित माध्यामिक विद्यालयको अधिवेशन बुधवारदेखि शुरु गर्ने बताए । आफुलाई केहि नसोधी साथीहरुले कमिटि गठन गर्दै हिडेको नेविसंघ प्युठानका अध्यक्ष एनपी मगरले बताए । उनले भने,‐‘सबै साथीलाई मिलाएर लानका लागि छिटै वैठक बसी अगाडी वढने छौँ । ’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...