News Portal

रेडियो सुन्नुहोस्

बहाने तातीयो तीज कार्यक्रमले

झुलेनी नेटवर्क२०८१ भदौ १५
४९५ पटक
२०८१ भदौ १५

प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङ स्थित बहाने बजारमा तीजको रौनक बढेको छ । गाउँपालिकाले तीज गीत प्रतियोगिताको आयोजना गरेपछि शनिबार बहाने बजारमा भिडभाड बढेको हो ।

त्यहाँको भिडभाड अनुसार झन्डै एक हजार जति कार्यक्रममा सहभागि भएका छन् । हरितालिका तीज नजिकिदैं गर्दा गाउँपालिकाले महिला दिदीबहिनीहरुको प्रतिभालाई सम्मान सहित मौलिक कला संस्कृतिलाई जगेर्ना गर्नको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । नौबहिनी सहित जिल्लाका विभिन्न ठाउँमा दर खाने देखि तीज विशेष कार्यक्रमहरु भईरहेका छन् ।

गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रतियोगितामा भाग लिनका लागि पालिका भित्रका ४५ महिला आमा समूहले दर्ता गराइसकेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः २०, १५ र १० हजारका दरले पुरस्कार प्राप्त गर्ने गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको भनाई छ । त्यस्तै सहभागी भए वापत प्रत्येक आमा समूहलाई नगद रु. पाँच हजार रुपैयाँको व्यवस्था गरिएको पालिका अध्यक्ष थापाले बताए ।

गीतमा मौलिक लोक संस्कृती झल्किने विषयमा गीत गाउनुपर्ने जनाइएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...