प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै प्राकृतिक प्रकोपबाट उत्पन्न संकटको सामना गर्ने रणनीति बनाउन मन्त्रिपरिषद बैठक बोलाइएको छ ।
बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले प्याकेज घोषणा गर्ने सम्भावना छ ।
मन्त्रिपरिषदको बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको र सोही बैठकले केही महत्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले बताए ।