News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

बिबश जि.एम.२०८१ असोज १७
५२३ पटक
२०८१ असोज १७

नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । सम्मेलनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष विजय बिराज विष्ट रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विष्टले आवाज विहीनको आवाज बाहिर ल्याउन अनेरास्ववियुको महत्त्वपूर्ण भूमिका रहने बताए । एमाले पार्टीको बलियो खम्बाको रूपमा अनेरास्ववियु सङ्गठन भएकाले सोही अनुसार राम्रो कामको प्रशंसा तथा नराम्रो कामको विरोध र खबरदारीमा उत्रिन आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राज भण्डारी, प्यूठान जिल्ला कमिटी उपसचिव इश्वरा आचार्य, प्यूठान नगर कमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी, अनेरास्ववियुका पूर्व अध्यक्षहरू लगायतले मन्तव्य राखेका थिए ।

अनेरास्ववियु प्यूठानका सचिव प्रेम पुन मगरले सञ्चालन गरेको कार्यक्रममा प्यूठान नगरपालिका भित्र रहेका १२ वटा माध्यमिक तहका विद्यार्थी प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...