News Portal

रेडियो सुन्नुहोस्

अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न

बिबश जि.एम.२०८१ असोज १७
६८९ पटक
२०८१ असोज १७

नेकपा एमाले निकट अनेरास्ववियु प्यूठान नगर कमिटीको प्रथम नगर सम्मेलन बिजुवारमा सम्पन्न भएको छ । सम्मेलनले दिपक पुनको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज के.सिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष विजय बिराज विष्ट रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि विष्टले आवाज विहीनको आवाज बाहिर ल्याउन अनेरास्ववियुको महत्त्वपूर्ण भूमिका रहने बताए । एमाले पार्टीको बलियो खम्बाको रूपमा अनेरास्ववियु सङ्गठन भएकाले सोही अनुसार राम्रो कामको प्रशंसा तथा नराम्रो कामको विरोध र खबरदारीमा उत्रिन आग्रह गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राज भण्डारी, प्यूठान जिल्ला कमिटी उपसचिव इश्वरा आचार्य, प्यूठान नगर कमिटी अध्यक्ष गिरु प्रसाद भण्डारी, अनेरास्ववियुका पूर्व अध्यक्षहरू लगायतले मन्तव्य राखेका थिए ।

अनेरास्ववियु प्यूठानका सचिव प्रेम पुन मगरले सञ्चालन गरेको कार्यक्रममा प्यूठान नगरपालिका भित्र रहेका १२ वटा माध्यमिक तहका विद्यार्थी प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...