News Portal

रेडियो सुन्नुहोस्

माछाको संरक्षण गर्दै प्युठानका स्थानिय तह

सागर रिजालप्युठान,९ पुस
८०९ पटक
प्युठान,९ पुस

जिल्लाका स्थानिय तह माछाको संरक्षणमा जुटेका छन् । जिल्लाका तीन स्थानिय तह माछाको संरक्षणमा जुटेका हुन् । प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र नौवहिनी गाउँपालिका र अर्घाखाँचीको भूमिका स्थान नगरपालिकाले छुने स्थानहरुलाई झिमरुक जलाधार व्यवस्थापन परियोजना बनाईएको पानी परियोजनाका फिल्ड निर्देशक भास्कर भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ⁻‘प्युठानमा डेड वर्षदेखि पानीको प्रोफाईल निमार्ण कार्य, जलिय प्रदुषण हटाउने, पानीको मुहान सुरक्षित गर्ने कार्य पानी परियोजनाले गरेको छ ।’
आईतबार झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण कसरी गर्न सकिन्छ , जलिय जीव तथा जैविक विविधता संरक्षण कसरी गर्न सकिन्छ भनि विधेयक निमार्ण कार्यशाला गोष्ठि स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्थानिय माझी समुह, सम्वन्धित व्यक्तिहरुको उपस्थितीमा पानी परियोजनाले गरेको छ ।
माछाको संरक्षण गर्न चुनौती भएको ऐरावती गाउँपालिकाका प्रवक्ता दामु विकले बताउनुभयो । ऐरावती गाउँपालिकाले बम, बीस र करेन्ट लगाएर माछा मार्ने कार्यलाइ रोक लगाएको उहाँले बताउनुभयो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेको गाउँपालिका उहाँले बताउनुभयो । पानी परियोजना मार्फत विभिन्न लक्ष्य समेटेर माछा संरक्षण गर्ने अभियान अगाडी वढेको उहाँले बताउनुभयो । त्यस्तै प्युठान नगरपालिका, नौवहिनी गाउँपालिका र भुमेकास्थान नगरपालिकाले पनि माछाको संरक्षण गर्न प्रतिवद्ध रहेको नगर तथा गाउँप्रमुखले प्रतिवद्धता जनाएका छन् ।
पानी परियोजनाका बातावरण नीति तथा कानुन विज्ञ नारायण बेलबासेले अव्यवस्थित रुपले माछा मार्न सरकारले रोक लगाएको बताउनुभयो । उहाँले भन्नुभयोे,‐‘स्थानिय तहले माछा संरक्षण गर्नका लागि कानुन बनाउन पर्छ । ’ कानुन बनाएर स्थानिय बासिन्दालाई सुसुचित बनाउन स्थानिय सरकार अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।
माछा संरक्षण गर्न माझी समुह गठन
पानी परियोजनाले प्युठानमा माछा संरक्षणका लागि ४ वटा माझी समुह गठन गरेको छ । ऐरावती गाउँपालिकामा २ र प्युठान नगरपालिकामा २ माझी समुह गठन गरेको पानी परियोजना तथा मल्ल्रानी ग्रामिण विकास सरोकार केन्द्रको साझेदारीमा सञ्चालित झिमरुकखोला जलाधार व्यवस्थापन परियोजनाको कार्यक्रम प्रवन्धक प्रवेश कक्षपतिले बताउनुभयो । प्युठान नगरपालिका वडा नंम्बर ३ डाँडागाउँमा अमिल्यारह माझी समुह, प्युठान नगरपालिका वडा नंम्बर ८ दम्तीमा दम्ती दोभान माझी समुह त्यस्तै ऐरावती गाउँपालिका वडा नंम्बर १ जुडा साजबोटमा बाङ्गेरह माझी समुह र वडा नंम्बर २ कडकुरामा रकसारह माझी समुह गठन गरि माछा संरक्षण गरेको उहाँले बताउनुभयो ।
माछा संरक्षण गर्न स्थानिय तहले कानुन बनाउनुपर्छ
झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण गर्न स्थानिय तहले कानुन बनाउनुपर्ने अमिल्यारह माझी समुहकी कोषाध्यक्ष मुना कुमालले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘माछा संरक्षणका लागि स्थानिय तहले कानुन बनाउनुपर्छ । ’ माछा करेन्ट लगाएर, विषादी हालेर वा बम हानेर माछा मार्ने प्रवृति रहेकाले माछा संरक्षणका लागि कानुन छिटो बनाउनुपर्छ । माछाको संरक्षणका लागि जलचर सम्बन्धि नियम कानुन नबनाई नहुने खानेपानी तथा उपभोक्ता महासंघका अध्यक्ष राम पहाडीले बताउनुभयो । माछा संरक्षणको लागि पानी उपयुक्त हुनुपर्छ । उहाँले भन्नुभयो,‐‘जलाधार नजिकका स्थानियले फोहोर व्यवस्थापन, ढल व्यवस्थापन गर्न जरुरी छ । ’
माछा बचाउन स्थानिय तह प्रतिवद्ध
झिमरुक जलाधार क्षेत्रमा माछाको संरक्षण गर्न स्थानियतहका प्रमुख प्रतिवद्ध रहेका छन् । प्युठान नगरपालिकाले जलीय संरक्षणका लागि आफु प्रतिवद्ध भएको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्न्ुाभयोे,‐‘कानुन बनाएर मात्र हुन्न यसलाई स्थानियले कार्यान्वयन गर्नुपर्छ । ’ माछा मारेरै जीविकोपार्जन गर्ने धेरै छन्। उहाँले भन्नुभयोे,‐‘नगरपालिकाले बैकल्पिक रोजगारीको व्यवस्था गर्ने छ । ’ त्यस्तै नौवहिनि गाउँपालिकाका प्रमुख शिवराज रिजालले माछाको संरक्षण गर्न गाउँपालिका व्यवस्थित तरिकाले अगाडी वढेको बताउनुभयो । उहाँले भन्नुभयो,‐‘कार्यपालिकाले कानुन बनाएर जनतासम्म पु¥याउने छ । ’

प्रतिकृया दिनुहोस्

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...