News Portal

रेडियो सुन्नुहोस्

पार्टी एकताप्रति सकारात्मक छौँ, ८४ मा चुनाव लड्छौँ: विप्लव (भिडियो)

झुलेनी नेटवर्क२०८१ कार्तिक १०
२९२ पटक
२०८१ कार्तिक १०

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने बताएका छन् ।

केन्द्रीय कमिटीबाट निर्णय भइसकेकाले आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताए ।

झुलेनी युनाईटेड नेटवर्कको विशेष संवादमा कुराकानी गर्दै चन्दले माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गरेर आएमा आफूहरू एकताका लागि छलफल गर्न तयार रहेको बताए ।

“यौटा पार्टी अर्कोमा मिसिने भन्दा पनि नयाँ निष्कर्ष र समीक्षाका साथ माओवादी हरू र अलि अगाडि जाँदा सबै कम्युनिस्टहरू एक ठाउँ उभिनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ”, विप्लवले भने– “हिजोलाई समीक्षा गरेर नयाँ ढङ्गले जानुपर्छ भन्ने नै छ । २०५२ अघिदेखिका माओवादी, साथै २००६ यताका सबै कम्युनिष्टहरुको एकताबारे पनि छलफल गर्न सकिन्छ ।”

भिडियो हेर्न क्लिक गर्नुहोस् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...