News Portal

रेडियो सुन्नुहोस्

ऐरावतीकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ

बोम बहादुर परियार२०८१ कार्तिक १२
११३२ पटक
२०८१ कार्तिक १२

अरिङ्गालले लखेट्दा लडेर खुट्टा भाँचिएकी ऐरावतकी गाउँपालिका ३ अर्जामकी १३ वर्षीय बालिका पवित्रा परियारको उपचार खर्च जुटाउन कठिनाइ भएको छ ।

कार्तिक ८ गते साँझ पवित्रा गाउँमै क्रिकेट खेल हेर्न गएकी थिइन । सोही क्रममा अरिङ्गालले लखेट्दा भाग्ने क्रममा लडेर उनको दायाँ खुट्टा भाँचिएको थियो । आर्थिक अभावका कारण उनको उपचार खर्च तिर्न कठिनाइ भएको उनका आफन्त प्रमेस परियारले बताए ।

बालिकाको दायाँ खुट्टाको गोलिगाँठो भन्दा माथिको भागमा २ ठाउँबाट भाँचिएको उपचारमा संलग्न हाड जोर्नी तथा नसा रोग विशेषज्ञ चिकित्सक मदन ज्ञवालीले बताए । हाल बालिकालाई बुटवलको चौराहा अस्पतालमा राखिएको छ । बुवा गुमाएकी पवित्राको आइतबार खुट्टाको अपरेसन गरी रड राखिएको हो ।

उनको उपचार खर्च १ लाख भन्दा बढी आएको अस्पताल श्रोतले जनाएको छ । उक्त रकम नभएपछि परिवारले सहयोगको याचना गरेका छन् । पैसा नहुँदा अस्पतालसँग उधारो राखेर उपचार गरिएको परिवारले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकी पवित्राको घरमा एक्ली आमा छिन । उनका एउटा दाइ बुवाको मृत्यु भएपछि लागेको ऋण तिर्न भारतमा काम गर्न गएको परिवारले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...