News Portal

रेडियो सुन्नुहोस्

प्यूठाका विकास पूर्वाधारका विषयमा सांसद थापा र अर्थमन्त्री पौडेलबिच छलफल

झुलेनी नेटवर्क२०८१ मङ्सिर ६
४७९ पटक
२०८१ मङ्सिर ६

प्यूठानको विकास पूर्वाधारका विषयमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले अर्थमन्त्री विष्णु पौडेलसंग छलफल गरेका छन्।

प्युठानका प्रमुख सडकहरू भालुबाङ–प्युठान सडक, बाग्दुला–भिमगिठे सडक र मदन भण्डारी राजमार्ग (सौतामारे–मच्छी तथा गोखुङ्गा– खरिबोट–बाग्दुला दुबै खण्ड) तथा अन्य विकास पूर्वाधारबारे बुधवार उपप्रधान एमव् अर्थमन्त्री पौडेलसँग छलफल भएको थापाले बताए ।

छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, मदन भण्डारी राजमार्ग आयोजना प्रमुख दीप बाराही, बाग्दुला–भिमगिठे सडक आयोजना प्रमुख थानेश्वर खत्री पनि सहभागी थिए।

त्यस्तै जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग भेटेर थापाले प्युठान नगरपालिका ९ र १० मा विपद्ले गरेको क्षतिको पुनर्निर्माण एवं वायो इन्जिनियरिङ टीम पठाउने र नौमुरे जलविद्युत आयोजनाको आयोजना कार्यालय सरूमारानी गाउँपालिका वडा नम्बर–१ बाङ्गेसालमा स्थापना गर्न विशेष ध्यानाकर्षण गराएका छन् ।

थापा नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा प्रमुख मनोज सिलवाललाई भेटेर स्याउलिबाङ र रजबारामा बाँकी विद्युतीकरण आउँदो मंसिर १५ भित्र सम्पन्न गरिसक्ने गरी अघि बढाउन र स्वर्गद्वारी आश्रम एवं धरमपानी प्रवेशद्वारसहित आसपासका क्षेत्रसम्म ‘विशेष उज्यालो’ कार्यक्रम सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...