News Portal

रेडियो सुन्नुहोस्

प्यूठाका विकास पूर्वाधारका विषयमा सांसद थापा र अर्थमन्त्री पौडेलबिच छलफल

झुलेनी नेटवर्क२०८१ मङ्सिर ६
५१२ पटक
२०८१ मङ्सिर ६

प्यूठानको विकास पूर्वाधारका विषयमा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले अर्थमन्त्री विष्णु पौडेलसंग छलफल गरेका छन्।

प्युठानका प्रमुख सडकहरू भालुबाङ–प्युठान सडक, बाग्दुला–भिमगिठे सडक र मदन भण्डारी राजमार्ग (सौतामारे–मच्छी तथा गोखुङ्गा– खरिबोट–बाग्दुला दुबै खण्ड) तथा अन्य विकास पूर्वाधारबारे बुधवार उपप्रधान एमव् अर्थमन्त्री पौडेलसँग छलफल भएको थापाले बताए ।

छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, मदन भण्डारी राजमार्ग आयोजना प्रमुख दीप बाराही, बाग्दुला–भिमगिठे सडक आयोजना प्रमुख थानेश्वर खत्री पनि सहभागी थिए।

त्यस्तै जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कासँग भेटेर थापाले प्युठान नगरपालिका ९ र १० मा विपद्ले गरेको क्षतिको पुनर्निर्माण एवं वायो इन्जिनियरिङ टीम पठाउने र नौमुरे जलविद्युत आयोजनाको आयोजना कार्यालय सरूमारानी गाउँपालिका वडा नम्बर–१ बाङ्गेसालमा स्थापना गर्न विशेष ध्यानाकर्षण गराएका छन् ।

थापा नेतृत्वको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा प्रमुख मनोज सिलवाललाई भेटेर स्याउलिबाङ र रजबारामा बाँकी विद्युतीकरण आउँदो मंसिर १५ भित्र सम्पन्न गरिसक्ने गरी अघि बढाउन र स्वर्गद्वारी आश्रम एवं धरमपानी प्रवेशद्वारसहित आसपासका क्षेत्रसम्म ‘विशेष उज्यालो’ कार्यक्रम सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...