News Portal

रेडियो सुन्नुहोस्

भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने

झुलेनी नेटवर्क२०८१ मंसिर १६
४५२ पटक
२०८१ मंसिर १६

प्यूठानमा महोत्सव हुने भएको छ । उद्योग बाणिज्य संघ भित्रीकोट बजार इलाकाले महोत्सव लागउने भएको हो । ‘कृषी पर्यटन उद्योग र व्यापार सम्मृद्ध नगरको बलियो आधार’ भन्ने नारा सहित प्रथम भित्रीकोट प्यूठान महोत्सव २०८१ लगाउने तयारी भैरहेको आयोजकले जनाएको छ । बजार इलाकाले आज पत्रकार सम्मेलन गरेर महोत्व लगाउने बारे जानकारी गराएको हो ।
पुस ५ देखी पुस १७ गते सम्म महोत्सवको आयोजना गरिएको छ । महोत्सव स्थल प्यूठान नगरपालिका ७ स्थित टिकुरी बसपार्क नजिकै रहने प्यूठान उद्योग बाणिज्य संघ प्यूठान बजार क्षेत्रका अध्यक्ष प्यार अलिखानले बताए ।जिल्लाका व्यापारी हरुलाइ ५० प्रतिशत छुटमा स्टल प्रदान गर्ने र कृषक हरुलाइ निशुल्क स्टल राख्न दिइने उनले बताए । १२ दिन सम्म लाग्ने महोत्सवमा २ करोडको कारोवार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...