News Portal

रेडियो सुन्नुहोस्

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

झुलेनी नेटवर्क२०८१ मङ्सिर २०
३७३ पटक
२०८१ मङ्सिर २०

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई शिक्षा दिएको बताएका छन्।

माओवादीका ठुला ठुला नेताहरुलाई समेत पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्छ भन्ने लागेका बेला निर्वाचनको परिणामले शिक्षा दिएको बरालले बताए। माओवादी केन्द्र प्यूठान नगरपालिका ३ को अधिवेशनलाई सम्बोधन गर्न बुधबार प्यूठान आएका बरालले यस्तो बताएका हुन्।

‘हाम्रा पार्टीका ठुला नेतालाई समेत हसिया हथौडा चिन्हबाट चुनाव जित्न सकिन्न कि, माओवादी नामबाट जनतामा जान सकिन्न कि भन्ने लागेको थियो’ बरालले भने- ‘उपनिर्वाचनको परिणामले हामिलाई शिक्षा दिएको छ।’

कार्यक्रममा सम्बोधन गर्दै बरालले माओवादी पार्टी मात्र नेपाललाई सर्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको रुपमा अगाडि बढाउन सक्ने पार्टी रहेको जिकिर गरे।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...