News Portal

रेडियो सुन्नुहोस्

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

झुलेनी नेटवर्क२०८१ मङ्सिर २०
५९३ पटक
२०८१ मङ्सिर २०

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई शिक्षा दिएको बताएका छन्।

माओवादीका ठुला ठुला नेताहरुलाई समेत पार्टीको नाम र चुनाव चिन्ह फेर्नुपर्छ भन्ने लागेका बेला निर्वाचनको परिणामले शिक्षा दिएको बरालले बताए। माओवादी केन्द्र प्यूठान नगरपालिका ३ को अधिवेशनलाई सम्बोधन गर्न बुधबार प्यूठान आएका बरालले यस्तो बताएका हुन्।

‘हाम्रा पार्टीका ठुला नेतालाई समेत हसिया हथौडा चिन्हबाट चुनाव जित्न सकिन्न कि, माओवादी नामबाट जनतामा जान सकिन्न कि भन्ने लागेको थियो’ बरालले भने- ‘उपनिर्वाचनको परिणामले हामिलाई शिक्षा दिएको छ।’

कार्यक्रममा सम्बोधन गर्दै बरालले माओवादी पार्टी मात्र नेपाललाई सर्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको रुपमा अगाडि बढाउन सक्ने पार्टी रहेको जिकिर गरे।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...