News Portal

रेडियो सुन्नुहोस्

रेडक्रसको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी प्यूठानमा

झुलेनी नेटवर्क२०८१ पौष ५
१२३ पटक
२०८१ पौष ५

नेपाल रेडक्रस सोसाइटीको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी शुक्रबारदेखि पुण्यखोलामा सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको समन्वय र नेपाल यु्वा रेडक्रस सर्कल, स्वर्गद्वारी बहुमुखी क्याम्पसको आतिथ्यतामा दुई दिने गोष्ठी शुरु भएको हो ।

युवा नेतृत्व परिवर्तक अभियानको जानकारी तथा उत्प्रेरणा, युवा रेडक्रस सर्कल गठन प्रक्रिया, रेडक्रसका अभियान, समस्या, चुनौती र समाधान, युवा सहभागिता लगायतका विषयमा युवाहरुलाई प्रशिक्षित गरिने नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले जानकारी दिए ।

गोष्ठीबाट प्यूठान घोषणाको प्रस्तुती तथा पारित गर्ने तयारी रहेको छ । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै रेडक्रस प्राकृतिक प्रकोप तथा विपत्तीमा सहयोगी संस्था रहेकामा युवाहरुलाई समेत सशक्तिकरण गरेकोमा प्रसशां गरे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री कृष्णध्वज खड्काले कार्यक्रमले युवाहरुमा सामाजिक भावनाको विकासमा यस गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा लुम्बिनी प्रदेशको ९ जिल्लाका ३० जना सहभागी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बेलुवामा बेलपत्रेश्वर धार्मिक महायज्ञ सुरु

प्युठान नगरपालिका १ क्वाडी बेलुवामा सोमबारदेखि बेलपत्रेश्वर विराट धार्मिक महायज्ञ, शिव महापुराण तथा श्रृङ्गारिक गंगा...

जन्मदिनमा युरोपबाट १० लाखको बिमा उपहार

प्यूठानमा श्रीमानले श्रीमतीलाई बिमा पोलिसि उपहार दिएका छन्। स्वर्गद्वारी नगरपालिका ८ दहचौरका पदम बहादुर जि.सी....

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...