News Portal

रेडियो सुन्नुहोस्

रेडक्रसको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी प्यूठानमा

झुलेनी नेटवर्क२०८१ पौष ५
५५७ पटक
२०८१ पौष ५

नेपाल रेडक्रस सोसाइटीको प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी शुक्रबारदेखि पुण्यखोलामा सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशको आयोजना, नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको समन्वय र नेपाल यु्वा रेडक्रस सर्कल, स्वर्गद्वारी बहुमुखी क्याम्पसको आतिथ्यतामा दुई दिने गोष्ठी शुरु भएको हो ।

युवा नेतृत्व परिवर्तक अभियानको जानकारी तथा उत्प्रेरणा, युवा रेडक्रस सर्कल गठन प्रक्रिया, रेडक्रसका अभियान, समस्या, चुनौती र समाधान, युवा सहभागिता लगायतका विषयमा युवाहरुलाई प्रशिक्षित गरिने नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले जानकारी दिए ।

गोष्ठीबाट प्यूठान घोषणाको प्रस्तुती तथा पारित गर्ने तयारी रहेको छ । जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै रेडक्रस प्राकृतिक प्रकोप तथा विपत्तीमा सहयोगी संस्था रहेकामा युवाहरुलाई समेत सशक्तिकरण गरेकोमा प्रसशां गरे ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री कृष्णध्वज खड्काले कार्यक्रमले युवाहरुमा सामाजिक भावनाको विकासमा यस गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

गोष्ठीमा लुम्बिनी प्रदेशको ९ जिल्लाका ३० जना सहभागी छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...