News Portal

रेडियो सुन्नुहोस्

धूमधामसँग मनाइयो प्यूठानमा माघी पर्व

झुलेनी नेटवर्क२०८१ माघ २
१०२५ पटक
२०८१ माघ २

प्यूठानमा धूमधामसँग माघी पर्व मनाइएको छ । विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार मङ्गलवार माघी/माघे सक्रान्ती मनाएका छन् । माघी/माघे सक्रान्तीको अवसरमा विभिन्न ठाउँमा मेलाहरू सम्पन्न भएका छन् ।

प्यूठान नगरपालिका ४ बाझोवारिमा माघी मेला सम्पन्न भएको छ ।

मेलामा मगर सस्कृती झल्कने नाचगान, विभिन्न रोटी परौठा, सेल रोली लगायत स्थानीय परिकार र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिको आकर्षण रहेको थियो । बाझोवारिमा यो वर्ष लोक तथा दोहोरी गायक खुमन अधिकारी, गायिका सम्झना रणपाल, स्थानीय कलाकार, प्यूठान डान्स आइडल सिजन २ का विजेता कालाकारको  प्रस्तुति राखिएको थियो ।

बाझोवारि माघिमेला आयोजक समितिका संयोजक अम्मर बहादुर केसीको अध्यक्षतामा गरिएको कार्यक्रमको प्रमुख अतिथि प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा रहेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी बोम बहादुर परियारले गरेका थिए ।

गौमुखीमा पनि माघी मेला सम्पन्न भएको छ । झिमरुक नदिको उद्गम स्थल गौमुखीमा हरेक वर्ष लाग्ने मेला यस वर्ष पनि सम्पन्न भएको हो । मेलामा तिर्थालु भक्तजनहरूको उत्साहजनक उपस्थित रहेको स्थानीय मित्र थापाले बताए ।

ऐरावती गाउँपालिका १ को ऐरावती बगरमा पनि माघी मेला सम्पन्न भएको छ । झिमरुक र माण्डवी नदिको संगमस्थल ऐरावतीमा पौष मसान्त साँझदेखि मेला सुरु हुने गर्दछ । परापूर्वकालदेखी चल्दै आएको मेला धार्मिक जनविश्वाससँग जोडिएको छ ।

त्यस्तै जिल्लाको सरुमारानी गाउँपालिका ४ रानी कुवामा पनि माघी मेला लागेको थियो । २०७५ साल देखी लाग्दै आएको मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको वडाध्यक्ष चिन्त बहादुर सोमै मगरले बताए । परापूर्व कालमा भुरेटाकुरे राजाहरू त्यस ठाउँमा बस्ने हुँदा उक्त ठाउँलाई रानी कुवा भनिएको स्थानीय बताउँछन्  । प्राय मगर जातिको बाहुल्यता बढी भएको हुँदा मेलामा स्थानीयहरूले बारा रोटी ,फापरको परौठा , तरुल , बङ्गुरको मासु  लगायतका परिकार राखिएको थियो ।

त्यस्तै माण्डवी गाउँपालिकाको १,३ र ५ नम्बर , अरङखोला र माडी खोलाको सङ्गम स्थल त्रिवेणी धाममा पनि माघी मेला सम्पन्न भएको छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त धाममा भक्तजनहरूले बिहान स्नान गरी दिउँसो भजन कीर्तन गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...