


एकीकृत जन क्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिष्ट्र पार्टी निकट युवा संगठन नेपाल प्युठानले दोस्रो जिल्ला सभा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्न युवा संगठन नेपालका केन्द्रिय महासचिव कमरेड सागर आएका थिए । उनले युवा तीनवटा विषयमा भरिपूर्ण हुनुपर्ने बताए । उनले भने,‐‘सबैको नजर पुग्ने खालको चम्कीलो,रचनात्कमक, सिर्जनशिल बन्नुपर्छ । ’ युवाले काम गर्ने क्रममा क्षणिक समयका लागि नभएर दिर्घकालिन सोची काम गर्नुपर्ने उनले बताए । उनले भने,‐‘समाज निमार्णमा यूवाहरुको भुमिका महत्वपूर्ण हुन्छ । ’
त्यस्तै भेलालाई सम्बोधन गर्दै युवा संगठनका केन्द्रिय सदस्य तथा राप्ती व्युरो ईन्चार्ज तिलकले आवश्यक परेको बेला राष्ट्रलाई संरक्षण गर्न युवा जुटनुपर्ने बताए । उनले भने,‐‘ राष्टियता खतरामा पर्दा देशका सचेत युवा जोसिलो हुनुपर्छ । ’
युवा भेलामा अन्य पार्टीमा क्रियाशिल युवाहरु युवा संगठन नेपालमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका क्रियाशिल माण्डवी गाउँपालिका तिरामका वडा सभापती राम बहादुर केसी र स्वर्गद्धारी नगरपाकिला भिग्रीका एमालेका क्रियाशिल सदस्य राधा नेपालीले पार्टी परित्याग गरेका हुन् ।
भेलाबाट युवा संगठन नेपालको जिल्ला कार्यसमिति चयन गरिएको छ । बाम बहादु वुढाको अध्यक्षता २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । जस्मा उपाध्यक्ष बसन्त विक, सचिव गम्भिर थापा, कोषाध्यक्ष जायश्वर खत्री, सदस्य हरुमा हरि विष्ट, चन्द्र घर्तिमगर , देउक बहादुर पुनमगर, अस्मिता पुनमगर लगाएत रहेका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

