News Portal

रेडियो सुन्नुहोस्

बैज्ञानिक समाजवाद स्थापनाका लागि युवा भेला

मधुसुदन पोख्रेल प्युठान,१६ पुस ।
११२९ पटक
प्युठान,१६ पुस ।

एकीकृत जन क्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिष्ट्र पार्टी निकट युवा संगठन नेपाल प्युठानले दोस्रो जिल्ला सभा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्न युवा संगठन नेपालका केन्द्रिय महासचिव कमरेड सागर आएका थिए । उनले युवा तीनवटा विषयमा भरिपूर्ण हुनुपर्ने बताए । उनले भने,‐‘सबैको नजर पुग्ने खालको चम्कीलो,रचनात्कमक, सिर्जनशिल बन्नुपर्छ । ’ युवाले काम गर्ने क्रममा क्षणिक समयका लागि नभएर दिर्घकालिन सोची काम गर्नुपर्ने उनले बताए । उनले भने,‐‘समाज निमार्णमा यूवाहरुको भुमिका महत्वपूर्ण हुन्छ । ’
त्यस्तै भेलालाई सम्बोधन गर्दै युवा संगठनका केन्द्रिय सदस्य तथा राप्ती व्युरो ईन्चार्ज तिलकले आवश्यक परेको बेला राष्ट्रलाई संरक्षण गर्न युवा जुटनुपर्ने बताए । उनले भने,‐‘ राष्टियता खतरामा पर्दा देशका सचेत युवा जोसिलो हुनुपर्छ । ’
युवा भेलामा अन्य पार्टीमा क्रियाशिल युवाहरु युवा संगठन नेपालमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका क्रियाशिल माण्डवी गाउँपालिका तिरामका वडा सभापती राम बहादुर केसी र स्वर्गद्धारी नगरपाकिला भिग्रीका एमालेका क्रियाशिल सदस्य राधा नेपालीले पार्टी परित्याग गरेका हुन् ।
भेलाबाट युवा संगठन नेपालको जिल्ला कार्यसमिति चयन गरिएको छ । बाम बहादु वुढाको अध्यक्षता २१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । जस्मा उपाध्यक्ष बसन्त विक, सचिव गम्भिर थापा, कोषाध्यक्ष जायश्वर खत्री, सदस्य हरुमा हरि विष्ट, चन्द्र घर्तिमगर , देउक बहादुर पुनमगर, अस्मिता पुनमगर लगाएत रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...