News Portal

रेडियो सुन्नुहोस्

मुक्ति मा.वि. बन्यो पाँचौँ राष्ट्रपति रनिङ शिल्डको विजेता

झुलेनी नेटवर्क२०८१ फागुन ४
१३२८ पटक
२०८१ फागुन ४

प्यूठान नगरपालिकाको आयोजनामा गणतान्त्रिक खेलमैदानमा भएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता मुक्ति मा.वि.रातामाटा बनेको छ ।

शनिवार सम्पन्न अन्तर विद्यालय स्तरीय रनिङ शिल्डमा २४ स्वर्ण ,६ रजत ५, कास्य गरी  कुल ३५ पदकसहित मुक्ति मावि प्रथम भएको हो । मुक्ति मावि लाई पछ्याउँदै ९ स्वर्ण, १३ रजत, १३ कास्य गरी ३५ पदक सहित जनता मा.वि. बाग्दुला द्वितीय भएको छ। भने, ७ स्वर्ण, ४ रजत, ७ कास्य गरी १८ पदक सहित बालबिद्या मा.वि. मजुवा तृतीय भएको छ ।

बिहीबारदेखि शनिवारसम्म सञ्चालित प्रतियोगितामा प्यूठान नगरपालिका भित्रका १२ सामुदायिक र ४ संस्थागत गरी १६ विद्यालय सहभागी रहेका थिए । रनिङ शिल्ड प्रतियोगितामा ५५ स्वर्ण, ५४ रजत, ५३ कास्य गरी कुल १६२ पदकका लागि १६ विद्यालय विचमा प्रतिस्पर्धा भएको हो ।

लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले गरेका हुन । प्रतियोगिताको समापन गर्ने क्रममा विजेता टोलीलाई बधाई दिँदै मेयर योगीले खेल सम्पन्न गर्न भूमिका खेल्ने खेल प्रशिक्षक, खेलाडी, सहभागी विद्यालय र सबैलाई धन्यवाद दिएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञानमहोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...