News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

बोम बहादुर परियार२०८२ जेठ १५
१८२ पटक
२०८२ जेठ १५

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु प्यूठानले बिहिबार संयुक्त रुपमा विजुवार स्थित मित्रमणी चोकमा मैनबत्ती दिप प्रज्वलन गरि दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले गणतन्त्रलाइ संस्थागत गर्न सवै जनताको महत्वपुर्ण भुमिका रहन अवस्यक रहेको बताए । त्यस्तै अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज केसीले राजतन्त्र फर्काउछु भन्ने दिवा सपना रहेको बताए । उनले विकृती र विसंगतिको विरुद्दमा गणतन्त्र रहेको बताए ।

त्यस्तै प्रेस चौतारी नेपाल प्यूठानका सचिव बोम बहादुर परियारले जनताको लामो बलिदान र संघर्ष को इतिहासवाट आएको गणतन्त्रको रक्षाका लागी सबै एकजुट हुन आवस्यक रहेको बताए ।

बिहिबार साझ विजुवार चोकमा गरिएको कार्यक्रमा नेकपा एमाले प्यूठान पाटि उपसचिव ईश्वरा आचार्य , सचिवालय सदस्य नेगनसिङ कुवर , गिरु प्रसाद भन्डारी , सन्देस अचार्य, बालाजु श्रेष्ठ, नेकपा एमाले नगरकमिटि उपसचिव विनायक थापा, नेकपा एमाले प्रदेस सल्लाहाकार कमिटी सदस्य खुम बहादुर परियार, उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्रसुजता अधिकारी , राष्ट्रिय सुवा संघ प्यूठानका अध्यक्ष महेश पान्डे , उपसचिव गणेश राना र साजन केसी , अखिलका केन्द्रिय निर्वाचन आयोगका सदस्य दिल बहादुर दसौती , प्रेस चौतारी नेपाल प्यूठानका उपाध्यक्ष राम बहादुर विस्वकर्मा , पत्रकार प्रज्वल पाहाडी , सुजल श्रेष्ठ , विमल प्रसाद पोख्रेल लगायत विद्यार्थी नेता स्थानिय हरुको उपस्थित रहेको थियो ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष टेकराज केसीको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल प्यूठानका सचिव बोम बहादुर परियारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...