News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

बोम बहादुर परियार२०८२ जेठ १५
४०४ पटक
२०८२ जेठ १५

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु प्यूठानले बिहिबार संयुक्त रुपमा विजुवार स्थित मित्रमणी चोकमा मैनबत्ती दिप प्रज्वलन गरि दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै नेकपा एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्टले गणतन्त्रलाइ संस्थागत गर्न सवै जनताको महत्वपुर्ण भुमिका रहन अवस्यक रहेको बताए । त्यस्तै अनेरास्ववियु प्यूठानका अध्यक्ष टेकराज केसीले राजतन्त्र फर्काउछु भन्ने दिवा सपना रहेको बताए । उनले विकृती र विसंगतिको विरुद्दमा गणतन्त्र रहेको बताए ।

त्यस्तै प्रेस चौतारी नेपाल प्यूठानका सचिव बोम बहादुर परियारले जनताको लामो बलिदान र संघर्ष को इतिहासवाट आएको गणतन्त्रको रक्षाका लागी सबै एकजुट हुन आवस्यक रहेको बताए ।

बिहिबार साझ विजुवार चोकमा गरिएको कार्यक्रमा नेकपा एमाले प्यूठान पाटि उपसचिव ईश्वरा आचार्य , सचिवालय सदस्य नेगनसिङ कुवर , गिरु प्रसाद भन्डारी , सन्देस अचार्य, बालाजु श्रेष्ठ, नेकपा एमाले नगरकमिटि उपसचिव विनायक थापा, नेकपा एमाले प्रदेस सल्लाहाकार कमिटी सदस्य खुम बहादुर परियार, उद्योग बाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रका अध्यक्ष प्रसुजता अधिकारी , राष्ट्रिय सुवा संघ प्यूठानका अध्यक्ष महेश पान्डे , उपसचिव गणेश राना र साजन केसी , अखिलका केन्द्रिय निर्वाचन आयोगका सदस्य दिल बहादुर दसौती , प्रेस चौतारी नेपाल प्यूठानका उपाध्यक्ष राम बहादुर विस्वकर्मा , पत्रकार प्रज्वल पाहाडी , सुजल श्रेष्ठ , विमल प्रसाद पोख्रेल लगायत विद्यार्थी नेता स्थानिय हरुको उपस्थित रहेको थियो ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष टेकराज केसीको अध्यक्षतामा गरिएको कार्यक्रमको संचालन प्रेस चौतारी नेपाल प्यूठानका सचिव बोम बहादुर परियारले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...