News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीमा थपिए तरकारी खेतीका १ सय नयाँ टनेल

झुलेनी नेटवर्क२०८२ असार ३१
१००० पटक
२०८२ असार ३१

मल्लरानी गाउँपालिका वडा नं. ५ सरङ्गकोटका मुकुन्द मल्ल तीन वर्षअघि बैदेशिक रोजगारीबाट फर्किए । गाउँमा रोजगारी नहुने र गरिरहेको परम्परागत कृषिबाट आम्दानी पनि नहुने हुँदा ‘अव के गर्ने ?’ भनेर सोचिरहेका थिए । त्यहिबेला गाउँमा समुहमार्फत आधुनिक ब्यवसायिक कृषि खेतीको कुरा आयो । अहिले उनले ब्यवसायिक तरकारी खेती र बाख्रापालन गरिरहेका छन् ।

मल्लजस्तै मल्लरानी गाउँपालिका वडा नं. ३ खैन्डाँडाका कर्ण बहादुर पुन पनि ब्यवसायिक कृषि खेती गरिरहेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका उनले अहिले यो पेशालाई नै आम्दानीको मुख्य श्रोत बनाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले मल्लरानी गाउँपालिकाका कृषकहरुलाई ब्यवसायिक कृषि खेती गर्न सहयोग पुर्याएको छ । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकामा तरकारी खेतीका लागि १ सय नयाँ टनेल थपिएका छन् । आधुनिक र ब्यवसायिक कृषि खेतीका लागि वडा नं. ३ को खैन्डाँडा र वडा नं. ५ को सरङ्गकोटमा नयाँ टनेल थपिएका हुन् ।

खैन्डाँडाका २ स्थानमा ४ जना कृषकले २९ वटा र सरङ्गकोटका ३ स्थानमा ११ जना कृषकले ७१ वटा नयाँ टनेल थपिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई प्यूठानबाट तरकारी पकेट क्षेत्र स्थापना गर्न कृषकसंग साझेदारी गरिएको कार्यालय प्रमुख चुमान सिंह गिरीले बताए । खैन्डाँडामा मल्चिङ, विउ, विसादी, थोपा सिचाइ र सिचाई पोखरी सहित २९ वटा टनेल निर्माणका लागि कार्यालयबाट ३ लाख ४५ हजार खर्च भएको छ । भने, सरङ्गकोटमा सुक्ष्म खाद्यतत्व , मल ,विउ ,विषादी, सिचाई पोखरी सहित ७१ वटा टनेल निर्माणका लागि कार्यालयबाट ८ लाख ३० हजार खर्च भएको छ । उक्त कार्यक्रममा कृषकको थप ५० प्रतिशत लागत रहेको कार्यालय प्रमुख गिरीले बताए ।

उत्पादित कृषि सामाग्रीको बजारीकरणमा मल्लरानी गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...