


प्यूठान नगरपालिका ३ विजयनगरका अति अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । सामान्य उठबसका लागि समेत अरूको सहारा लिनुपर्ने उनलाई प्रशासनको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।
अशक्त छोरालाई नागरिकता दिन प्रशासनको टोली घरमै आइपुगेपछि दिलिपकी आमा कलि सुनारले धन्यवाद दिएकी छिन् । कसरी सदरमुकाम पुर्याएर फर्काउने भन्ने चिन्ता रहेकोमा घरमै नागरिकता पाउँदा खुसी मिलेको उनले बताइन् ।
दिलिपलाई घरमै नागरिकता दिलाउन उक्त वडाका वडा अध्यक्ष सुमनराज श्रेष्ठले पहल गरेका थिए । आफूहरूको अनुरोधमा दिलिपको घरमै पुगेर नागरिकता दिएकोमा प्रशासनको टोलीलाई वडाध्यक्ष श्रेष्ठले धन्यवाद दिएका छन् ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

