News Portal

रेडियो सुन्नुहोस्

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

झुलेनी नेटवर्क२०८३ जेठ १५
२४४ पटक
२०८३ जेठ १५

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ ।

सामाजिक विकास डिभिजन कार्यालयबाट गंगादेव, रुन्टिगढी र लुङग्री गाउँपालिकामा सञ्चालन भएको तालिममा ४५ जना सहभागि भएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सञ्चालित तालिममा प्रत्यक स्थानीय तहबाट १५ जना उपस्थित रहेको कार्यालयले जनाएको छ । कार्यक्रम उद्घाटनमा मन्तब्य राख्दै गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुनले सिपलाई ब्यवसायमा बदल्नका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताए।

नयाँ पुस्तामा सिपको हस्तान्तरण र सांस्कृतिक बाध्यबादनलाई व्यवसायिकरण गर्ने उदेश्यले आयोजित १५ दिने तालिममा रनबिर बराल, लक्ष्मण हिस्की, मान बहादुर कवर, राजेश नेपाली र स्थानीय कलाकारहरु जित बहादुर दमाई स्थानिय तुक बहादुर दमाई, बुजा दमाई लगायतले तालिमको सहजिकरण गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...