News Portal

रेडियो सुन्नुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

झुलेनी नेटवर्क२०८३ जेठ २१
५१२ पटक
२०८३ जेठ २१

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि पोख्रेल परिबार पिरोलिएको थियो । दिसा–पिसाव नगर्ने र मुन्टो समेत उठाउन नसक्ने भएपछि चिन्तित बनेका उनिहरुले प्यूठान नगरपालिकाबाट पशु चिकित्सक सहितको टिम पुगेपछि केहि हलुका महसुस गरे ।

पशु चिकित्सक विष्णु केसी र पशुसेवा शाखा प्रमुख गिरिराज पौडेलले तत्काल उपचार सुरु गरे । गाईलाई मुख, सुई र स्लाइनबाट औषधि दिए । अढाई घण्टाको उपचारपछि सहारा दिएर गाई विस्तारै उभिन सक्ने भयो । जव गाई उभियो, केहि बेरअघिसम्म मलिन अनुहार भएका यज्ञमणी-हिमालका बुबा) मुसुक्क मुस्कुराउँदै भन्ने ‘अव त बाँच्छ होला।’

पशु चिकित्सक विष्णु केसी का अनुसार दुधमा क्यालेसियमको मात्रा अत्याधिक झरेपछि सरिरमा क्यालेसियम कम हुँदा मिल्क फिवर-सितांग ज्वरो)को समस्या देखिएको थियो । धेरै दुध दिने विकसित प्रजातिका गाई भैसिमा वेगौति दुधमा अत्याधिक क्यालेसियम झर्दा यो समस्या आउने उनले बताए ।

गाई विरामि परेपछि गोठमै डाक्टर पुगेर उपचार गरिदिएपछि यज्ञमणिले खुसी ब्यक्त गरे । गोठमै उपचार पाउँदा आफ्नो आस मारेको गाई बाँचेको उनको महसुस छ ।

प्यूठान नगरपालिकाले पशुपालक कृषकका पशुपन्छिमा आकस्मिक समस्या देखिए तत्काल फिल्डमै पुगेर सेवा दिदै आएको छ । केहि घण्टा ढिलो भएको भए मात्रैपनि उक्त गाईको ज्यान जोखिममा पर्ने शाखाप्रमुख पौडेलले बताए । कार्यालयका नियमित काम थाँती राखेर आकस्मिक उपचारमा निस्किएको उनको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...