News Portal

रेडियो सुन्नुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

झुलेनी नेटवर्क २०८३ असार १२ गते
२८३ पटक
२०८३ असार १२ गते

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न गरेको छ।
कार्यालयले लक्षित वर्गमा आधारित उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरेको १० दिने तालिमबाट करिब ११६ जना सहभागी लाभान्वित भएका छन्। तालिम स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायसँगको समन्वयमा सञ्चालन गरिएको थियो।

कार्यालयका अनुसार तालिम नौबहिनी गाउँपालिका–८ फोप्लीमा जेठ १८ देखि २७ गतेसम्म, माण्डवी गाउँपालिका–३ नयाँगाउँमा जेठ २० देखि २९ गतेसम्म, स्वर्गद्वारी नगरपालिका–५ सारीमा जेठ २१ देखि ३१ गतेसम्म, रोल्पाको त्रिवेणी गाउँपालिका–५ मा जेठ २६ देखि असार ४ गतेसम्म तथा सुनछहरी गाउँपालिका–४ स्युरीमा असार १ देखि ११ गतेसम्म सञ्चालन गरिएको थियो।
तालिममा सुमित्रा नेपाली, इमा खत्री, सृजना के.एम., कल्पना डाँगी र लक्ष्मी कुँवरले प्रशिक्षण दिएका थिए।


तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमाणपत्र तथा तालिमका क्रममा निर्माण गरिएका सामग्री वितरण गरिएको थियो। साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका इन्जिनियर बिनोद कुमार पाण्डेले जानकारी दिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...